सलमानसँग प्रहरीले सेल्फी खिच्न पाएनन्

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई प्रत्यक्ष भेट्ने जाेकसैले पनि सेल्फी लिर्इहाल्छन् । तथापि अहिले उनी जेल पर्दा त्यहाँ कसैले उनीसँग सेल्फी खिचेनन् । कालो हरिण शिकारको अभियोगमा दुई दिन जेल बसेका थिए सलमान । त्यतिबेला जेल प्रशासनले प्रहरीलाई सलमानसँग सेल्फी नलिन उर्दी  जारी गरेको थियो ।

कालो हरिण शिकारको अभियोगमा जोधपुर अदालतले पाँच वर्ष जेल सजाय तोकेपछि सलमानलाई सेन्ट्रल जेल लगिएकाे थियो । अदालतको आदेशपछि उनी ५० हजार धरौटीमा रिहा भएका छन् । जेल प्रशासनले सलमानलाई बाहिरको खाना खान निषेध गरेको थियो । जेलमा कसैले तस्वीर नखिचोस् भनी जेलमा मोबाईल लैजान निषेध गरिएको थियो ।जेल प्रशासनले सलमान खानलाई परिवारको सदस्यसँग हप्तामा ६ दिन भेट्न पाउने नियम बनाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री