काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।
मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




