सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र Welt Hunger सहकार्यमा चैत्र११–१८गते सम्मगरी ८ दिनसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको छ। विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो। धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगदवितरण (Cash Camp) कार्यक्रमको आयोजना गरी बैंकले २६५० परिवारलाई कूलनगद रु ३३,११४,०००.००वितरण गरेको हो ।
बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले व्यक्त गर्नुभएको छ।
तपाईंको प्रतिकृया




