news

प्रहरीमाथि खुकुरी प्रहार

झापा । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ  । …

पुरा पढ्नुहॊस »

यस्तो होटेल जुन छानो र भित्ताबिनै लोकप्रिय छ

यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम हो Null Stern Hotel यो होटलको न   कुनै छानो छ, न  कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् । एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन । स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले बैंकासुरेन्स सम्झौता भएको छ । उक्त  सम्झैतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सगरमाथ इन्स्योरेन्सका मुलुकभरका ५७ शाखामार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्ने जानकारी दिइएको छ …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त  सम्झैतापत्रमा ज्योति विकास बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र गुराँस लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले  हस्तान्तरण गरेका छन् । यस सम्झौतापश्चात् ज्योति बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने भएका  छन् । हाल ज्योति विकास …

पुरा पढ्नुहॊस »

सिन्डिकेटविरुद्ध साझा यातायात

काठमाडौं । अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझाले भने विस्तार गरेको छ । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ । चक्रपथ-बनेपारुटमा सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायी आन्दोलनमा छन्।

पुरा पढ्नुहॊस »

कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । कुमारी बैंक लिमिटेडले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेको बताइएको छ । कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । हाल बैंकले ७२ शाखा, …

पुरा पढ्नुहॊस »

ज्योति मगरलाई गीत गाउन प्रतिबन्ध लगाइने

सुनसरी । गायिका तथा कलाकार ज्योतिको मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको महोत्सवमा उनलाई प्रतिबन्ध लगाइएको हो । उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् । यदि ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने …

पुरा पढ्नुहॊस »

नबिल बैंकको नयाँ शाखा सुर्खेत, कैलाली र दाङमा

काठमाडौं। बिरेन्द्रनगर सुर्खेत, टिकापुर कैलाली र लमही दाङमा गरी तीन वटा नयाँ शाखाहरु उद्घाटन गरेको छ । त्यसैगरी , बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरे । कैलाली र दाङ शाखाहरुको उद्घाटन समेत बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् । बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले नबिल बैंकले सो प्रदेशमा शाखा खोलेकोमा स्वागत …

पुरा पढ्नुहॊस »

मृत अवस्थामा फेला परे उपसचिव

बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भैरहवास्थित सरकारी क्वाटरमा झुन्डिएको अवस्थामा आचार्य मृत फेला परेको जानकारी दिए । आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए । चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य केही साताअघि मात्रै भैरहवा आएका थिए । मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका …

पुरा पढ्नुहॊस »

ऋचाको क्यारेक्टर माथि मोडल तथा गायिका तिर्सनाको आपत्ती

काठमाडौं। मोडल तथा गायिका तिर्सना बुढाथोकीले  फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा नायिका ऋचा शर्माले निभाएको भूमिकाप्रति आपत्ती जनाएकी छन् फिल्मको प्रोमो रिलिज भएकै दिन तिर्सनाले फेसबुक लाइभ गर्दै आपत्ती जनाएकी हुन ।   अमेरिकामा रहेकी तिर्सनाले फेसबुक लाइभमा भनेकी छन् ,कोहलपुर एक्सप्रेसमा चाहिं मलाई बार गर्लको रुपमा देखाइएको रहेछ ।‘म बार गर्ल होइन ।’ यता ‘कोहलपुर एक्सप्रेस’ टिमले भने तिर्सनाको व्यक्तिगत जीवनलाई आँच नआउने गरी फिल्ममा क्यारेक्टर राखिएको बताउँछ ।

पुरा पढ्नुहॊस »