निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले पुर्जामाथि यौन दुर्व्यवहारको आरो लगाएकी हुन् ।

अमेरिकाको पत्रिका ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै हिन्स्टाले सन् २०२३ को मार्च ३० मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुर्व्यवहार गरेको बताएकी हुन् । गत डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ-२’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले पुर्जाको नाम नलिई आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन् ।

न्यूयोर्क टाइम्समा शुक्रबार प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भनिने निर्मल पुर्जा भएको खुलाइएको छ । पूर्व मिस फिनल्यान्ड हिन्स्टाले होटलको कोठाभित्र के-के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए । उनका अनुसार पुर्जाले उनको कोठामा आएर जबरजस्ती गर्न खोजेको तर आफू नमानेपछि पुर्जाले छेउमा बसेर हस्तमैथुन गरेका थिए ।

यसअघि क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटक-पटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।

सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुर्व्यवहार र धम्कीको सामना गर्नुपरेको भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनुपरेको थियो । पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहण गरेकी थिइन् ।

निर्मल पुर्जा एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन् । जसले ७ महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्री सतहबाट ८ हजार मिटर अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस