काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी निवासमा आगलागी भएको छ । विविसी विश्व सेवाका अनुसार न्यूयोर्कको उनको निजी निवास ट्रम्प टावरमा आगलागी भएको हो । सो आगलागीबाट एक ब्यक्ति गम्भीर घाइते भएका छन् । सो भवनमा ट्रम्पको घर तथा ट्रम्प ग्रुपको केन्द्रीय कार्यालय पनि छ । तर राष्ट्रपति ट्रम्प र उनको परिवार अहिले वासिंटनमा रहकाे बताइएको छ ।
आगलागी नियन्त्रणको काम भइरहेको छ भने ट्रम्प भवनको ५० औं तलामा आगलागी भएको हो । आगलानी हुने वित्तिकै राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्वीटर मार्फत आगलागी नियन्त्रणको काम भइरहेको वताएपछि घटना चर्चित बनेकाे हाे । भवन राम्रो तरिकाले बनाइएको तथा आगो नियन्त्रणको लागि दमकलकर्मीले राम्रो काम गरेका ट्रम्पले भनेका छन् ।
तपाईंको प्रतिकृया




