काठमाडौं उपत्यकामा ९ घण्टासम्म बत्ती अवरुद्ध, कुन-कुन क्षेत्रमा गयो बिजुली ?

काठमाडाैं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

विद्युत् प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ । मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुनेछ ।

मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार ललितपुरको पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । निर्धारित समयअगावै काम सकिए विद्युत् सेवा अगाडि नै सुरू हुने प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज र भोलि काठमाडौंकामा विद्युत् अवरूद्ध हुने (सूचना)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् …

प्रतिकृया दिनुहॊस