Tag Archives: mainnews

काठमाडौंमा सोमबारबाट फाइजर खोपको दोस्रो मात्रा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि सोमवारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निणर्यअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निणर्यअनुसार …

पुरा पढ्नुहॊस »

आज श्रीपञ्चमी: विद्याकी देवीको सरस्वतीको पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् । यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका …

पुरा पढ्नुहॊस »

फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

काठमाडौँ । आजदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको हो । आजदेखि दुई-तीन दिन मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनकाअनुसार बिहीबारदेखि भने फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएकोद्ध । अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसो …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठक माघ २७ गते दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ। यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ।

पुरा पढ्नुहॊस »

१ हजार ७१४ संक्रमित थपिए, ४ हजार ७७१ निकाे भए

पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५१३ वटा नमुना परीक्षण गर्दा १ हजार ७१४ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ५ हजार २२५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १०३ जनामा र ३ हजार २८८ जनामा एन्टिजेन परीक्षण गर्दा ६११ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ५२ हजार ७८० रहेको छ। …

पुरा पढ्नुहॊस »

खोपको पहुँच सबैमा पुर्‍याउन खोप कार्डको निती लिनु परेको हो: स्वास्थ्य मन्त्रालय

सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने निती लिनु परेको सरकारले स्पष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिडविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्यरुपमा ल्याउनका लागि यस्तो निती लिनु परेको प्रष्टयाएकी हुन् । उनले यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको पनि स्मरण गराइन् । प्रवक्ता मिश्रले सरकारले लिएको यो …

पुरा पढ्नुहॊस »

मधेस प्रदेश : चार वर्षमा ४४ विद्येयक पारित

प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ। प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ । प्रदेशसभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘‘मधेश” र राजधानी ‘‘जनकपुरधाम” टुङ्ग्याउन सफल मधेश प्रदेशसभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ। सङ्घीयता संस्थागत गर्नेदेखि प्रदेश सरकार सञ्चालन र सामाजिक रुपान्तरण सम्बन्धी प्रदेश सरकारबाट आएका महत्वपूर्ण विधेयकहरु पारित …

पुरा पढ्नुहॊस »

गृहमन्त्री खाणद्वारा मेलम्ची खोलामा निर्माण भएको बेलिब्रिज उद्घाटन

गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मा मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो। करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई …

पुरा पढ्नुहॊस »

विपद् प्रभावितलाई राहत वितरणमा ध्यान दिन गृहमन्त्री खाणकाे निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका …

पुरा पढ्नुहॊस »

प्युठान जिप दुर्घटना : मृतक आठ जनाकै सनाखत, बेहुला-बेहुली घाइते [अपडेट]

काठमाडौँ । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । नौबहिनीको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ बेहुली लिएर फर्कने क्रममा ओखरपाटामा भएको जिप दुर्घटनाका मृतकको सनाखत भएको हो । ग १ज ५०९२ नम्बरको जिप आज बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी …

पुरा पढ्नुहॊस »