Tag Archives: mainnews

प्रधानमन्त्रीद्वारा फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल खेलाडी मिहिनती रहेकाे बताउँदै अन्तर्राष्ट्रिय एक्सपाेजरकाे आवश्यकता रहेकाे बताएका थिए। सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको हाे। साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन्।  

पुरा पढ्नुहॊस »

नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ। एक यात्रुको अवस्था गम्भीर छ। नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो। निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको …

पुरा पढ्नुहॊस »

भोलिसम्म भारी वर्षा र हिमपात, आइतबारबाट सुधार

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘देशभर मौसम बदली भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा भइरहेको छ,’ उनले भने ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशसहित पूर्वको उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।’ …

पुरा पढ्नुहॊस »

द्रुतमार्ग पुरा गर्न थप पौने दुई खर्ब लाग्ने, रकम व्यवस्थापनमा जुट्यो संसदीय समिति

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्धारित समयमा निर्माण पूरा गर्न आवश्यक थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने भएको छ । द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप रकम व्यवस्थापनका लागि छलफल गर्ने भएको हो । समितिको बिहीबार बसेको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सभापति रामनारायण बिडारीले द्रुतमार्ग सम्पन्न गर्न हालसम्म खर्च भइसकेको बाहेक थप एक खर्ब ७५ अर्ब …

पुरा पढ्नुहॊस »

चीनको बेइजिङमा आजबाट २४ औं शीतकालीन ओलम्पिक शुरु हुँदै

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा शुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट शुरु भईसके पनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १०९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ । यो ओलम्पिकलाई अमेरिकालगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् । चीनमा मानव अधिकारको …

पुरा पढ्नुहॊस »

साढे १६ हजार स्थायी शिक्षकका लागि झण्डै २ लाख ३७ हजारको आवेदन

काठमाडौं । झण्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ । योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरका छन् र अझै करिब …

पुरा पढ्नुहॊस »

देशभर बदली: उपत्यकासहित यी क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठकाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा र हिमपात भएको छ । मौसमी प्रणालीको प्रभाव विस्तारै पश्‍चिमबाट पूर्वतिर सरेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित पूर्वका जिल्लामा पनि बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको हो । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । प्रदेश–१ का उच्च पहाडी …

पुरा पढ्नुहॊस »

कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ। “सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव …

पुरा पढ्नुहॊस »

३ हजार १७५ संक्रमित थपिए, १४ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६०५ वटा नमुना परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार १० हजार २६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनामा एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ६३ हजार २९६ रहेको छ। …

पुरा पढ्नुहॊस »

माघ २८ गतेसम्म काठमाडौं जिल्ला अदालतका सेवा कटाैती

काठमाडौं जिल्ला अदालतले आफ्नो सेवा संकुचनको समयावधि २८ माघसम्म लम्ब्याएको छ। अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको पूर्ण बैठकको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिई २८ माघसम्म सोही निर्णय बमोजिमका काम कारवाही तथा सेवाहरू मात्र प्रवाह गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टबाट न्यायाधीशहरू, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै ५ माघको पूर्ण …

पुरा पढ्नुहॊस »