फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

काठमाडौँ । आजदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको हो ।

आजदेखि दुई-तीन दिन मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनकाअनुसार बिहीबारदेखि भने फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएकोद्ध । अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसो घाम लाग्नेछ ।

गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य