Tag Archives: mainnews

फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा के-के भयो सहमति ?

काठमाडाैँ । कोभिड-१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरूसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ । सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

गर्भवतीको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ, गाडिएको शव प्रहरीले निकाल्यो

काठमाडाैँ । कपिलवस्तु प्रहरीले गर्भवती महिलाको हत्या आरोपमा उनका श्रीमान र ससुरालाई पक्राउ गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ सिंहखोरकी २१ वर्षीया रहिसुन्निसा मुसलमानको हत्या गरी शब गाडेको अवस्थामा प्रहरीले शुक्रबार फेला पारेको हो । उनी दुई महिनाकी गर्भवती रहेको बताइएको छ । बिहीबार बेलुका रहिसुन्निसालाई झुण्ड्याएर मारेको र भोलिपल्ट शुक्रबार गाडेर सदगत गरिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिंदै अनुसन्धान थालेको थियो । यस क्रममा …

पुरा पढ्नुहॊस »

प्युठान जिप दुर्घटना: मृतकको सङ्ख्या आठ पुग्यो, पाँचको सनाखत

काठमाडौँ । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जना महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । मृतकमध्ये ५ जनाको सनाखत भएको छ । सनाखत हुने …

पुरा पढ्नुहॊस »

बस र ट्रक ठोक्किँदा आगलागी : चालकसहित तीन जनाको मृत्यु, दर्जन बढी यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिमा सवारी एकआपसमा ठोक्किएपछि आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ लोकहीको खुनिया पुलस्थितनजिक ट्रक र बस ठोक्किँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाकाअनुसार पूर्वको काकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किँदा आगलागी भएको थियो । …

पुरा पढ्नुहॊस »

आज चट्याङसहित भारी वर्षा, भोलिबाट सुधार

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न स्थानमा बाक्लो हिमपातका कारण यातायात अवरुद्ध भएका छन् । साथै हिमाली तथा पहाडी भेगको जनजीवन प्रभावित भएको छ । महाशाखाका अनुसार आज दिउँसो …

पुरा पढ्नुहॊस »

विद्यालयहरू फागुन १ गतेबाट खुल्ला गर्न सरकारलाई सुझाव

कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुन: सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालाबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ गते शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो। छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, …

पुरा पढ्नुहॊस »

पशुपति क्षेत्रका अस्थायी टहरा १५ दिनभित्र हटाउन निर्देशन, अन्यथा कारबाही हुने

पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ। पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्रसमेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ। यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ। …

पुरा पढ्नुहॊस »

आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउँछः मुख्यमन्त्री शाही

कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन्। सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब तीनभित्र सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले जानकारी दिए। उनले भने, “अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ।” सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा सोधिएका प्रश्नको जवाफ पनि दिने उनले बताए। …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २ हजार ५२६ संक्रमित थपिए, ८ हजार ४२५ जना निकाे भए

पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७३ वटा नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ६ हजार ६५५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६०२ जनामा र ४ हजार ४१८ जनामा एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ५६ हजार ४५७ रहेको छ। …

पुरा पढ्नुहॊस »

विद्युतीय माध्यमबाट कारोबार गर्दा ध्यान दिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो।

पुरा पढ्नुहॊस »