Tag Archives: mainnews

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुनेछ । आजको बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ । आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको …

पुरा पढ्नुहॊस »

काँग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं । नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ …

पुरा पढ्नुहॊस »

रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौँ । रुपन्देहीमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर -१२ तामनगरमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन खाणकाअनुसार रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा …

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा हट्यो जोरबिजोर, फागुन १ देखि स्कुल खुल्ने

काठमाडौँ । उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गएराति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड-१९ को सङ्क्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष …

पुरा पढ्नुहॊस »

खुल्यो मौसम, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम खुलेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि मौसम खुलेको हो । यस्तो छ तीन दिनको पूर्वानुमान दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ । राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली …

पुरा पढ्नुहॊस »

एमसीसीलाई चुनावपछि मात्र टुंग्याउँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन्। आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन्। एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकाले एमसीसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो। तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघि बढाउन र …

पुरा पढ्नुहॊस »

सोमबारबाट जोरबिजोर प्रणाली हटाउन सीसीएमसीकाे सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । ‘आज बसेको सीसीएमसीको बैठकले सात वटा निर्णय गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेका छौँ।’ कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो …

पुरा पढ्नुहॊस »

देउवा, प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो। बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ।

पुरा पढ्नुहॊस »

१ हजार ३८६ संक्रमित थपिए, ८ हजार ७०४ जना निकाे भए

पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २५१ वटा नमुना परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ६ हजार ४४३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८३ जनामा र २ हजार ८०८ जनामा एन्टिजेन परीक्षण गर्दा २०३ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ४५ हजार २४८ रहेको छ। …

पुरा पढ्नुहॊस »

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मै भएको छ। नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ। नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ। आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ। बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ।

पुरा पढ्नुहॊस »