१ हजार ७१४ संक्रमित थपिए, ४ हजार ७७१ निकाे भए

पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५१३ वटा नमुना परीक्षण गर्दा १ हजार ७१४ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ५ हजार २२५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १०३ जनामा र ३ हजार २८८ जनामा एन्टिजेन परीक्षण गर्दा ६११ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ५२ हजार ७८० रहेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप