गृहमन्त्री खाणद्वारा मेलम्ची खोलामा निर्माण भएको बेलिब्रिज उद्घाटन

गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् ।

गत साउन १६ र १७ मा मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो।

करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ। ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री