कांग्रेसले मंगलबारका लागि बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरि दलको बैठक बोलाएका हुन्।

पदीय आचरण र व्यवहार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेको लगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो।

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई नै जानकारी नगराएको भन्दै असन्तुष्टि देखिएको छ। आइतबार बसेको पदाधिकारी बैठकमा पनि नेताहरूले यसबारे पार्टीमा पहिले छलफल नभएको बताएका थिए।

मंगलबार बस्ने दलको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने कांग्रेसका नेतारू बताउँछन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after