स्थानीय चुनाव : बिहीबारदेखि दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीबारदेखि दल दर्ताको तयारी गरेको छ । बिहीबार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको छ ।

आयोगमा अहिले १०३ दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । नामावली अद्यावधिक गर्न अझै एक महिना लाग्न सक्ने उनले बताए । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झण्डै एक करोड ८० लाख मतदाता हुने आयोगले जनाएको छ । २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ ।

चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झण्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता पौडेलले बताए । यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो ।

मतदान गर्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था भए पनि आयोगले १६ वर्ष पुगेर नागरिकता बनाएका सबैको नामावली सङ्कलन गर्दै आएको छ । आयोगका अनुसार २०७४ सालको चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता थिए । पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस