काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसिसी सम्झौतालगायत समसामयिक विषयमा छलफल गरिने बताइएको छ ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
तपाईंको प्रतिकृया




