३ अर्ब ६८ करोडकाे कारोबार भएकाे शेयर बजारमा झिनो अंकको सुधार

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजारमा झिनो अंकको सुधार आएको छ। आइतबार १०१ दशमलव २४ अंकले घटेको बजारमा आज ०.०८ अंकले बढेर २ हजार ७०० दशमलव ९८ बिन्दुमा पुगेको छ।

सोमबार २२७ वटा घितोपत्रको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सोमबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ।

सोमबार बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको ८ दशमलव १३ प्रतिशतले शेयरमूल्य बढेर प्रतिकित्ता ६६५ रुपैयाँ कायम भएको छ।

कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस