आज संसद् बैठक बस्दै : यस्ताे छ सम्भावित कार्यसूची, के हाेला एमसीसी?

संघीय संसद् सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन।

सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ।

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो। यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस