शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित, अर्काे बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।

नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिंह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री