Tag Archives: mainnews

प्रकाशकाे ‘पिर’ गीतबारे प्रचण्ड भन्छन्- ‘धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन’

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतकाे ‘पिर’ को विषयलाई लिएर धेरै आवेगमा नआउन आग्रह गरेका छन् । साेमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूकाे जिज्ञासामा प्रचण्डले यस्ताे बताएका हुन् । ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत/कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ, तर माओवादी आन्दोलनको एउटा पाटोको रूपमा कसैले चर्चा गर्‍याे भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’ कार्यक्रमको व्यस्तताले त्यो …

पुरा पढ्नुहॊस »

सात प्रदेशका स्थानीय तहले ४३ अर्ब ७७ करोड तीन लाख अनुदान पाउने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले गएको शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । त्यो अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी …

पुरा पढ्नुहॊस »

साउदीका राजकुमार नेपाल आउँदै, १२ वर्षपछि उच्चस्तरीय भ्रमण

काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज (सोमबार) नेपाल आउँदै छन् । फैजल साउदीका राजकुमार पनि हुन् । १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो । महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो । उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण …

पुरा पढ्नुहॊस »

पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार भने देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम …

पुरा पढ्नुहॊस »

भाडा समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन्। पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक …

पुरा पढ्नुहॊस »

मलेसियाको श्रम स्वीकृति दुई वर्षपछि खुल्ला

सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ। दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । त्यतिबेला मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्। वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीद्वारा जनतालाई सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिकालाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन्। नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए। संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए। जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए। ‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ। वातावरण अस्वच्छ भएको छ। वातावरणमैत्री विकासको आवश्यकता छ। आफ्नो नगरपालिकालाई नमुना बनाउने गरि …

पुरा पढ्नुहॊस »

शेयर बजार : १०१ दशमलव ०७ अंकले बढ्यो नेप्से

आइतबार शेयर बजार सकारात्मक देखिएको छ। गत साताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेको बजार आज पनि १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको हो। आइतबार २२८ वटा धितोपत्रको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। आइतबार सबै समूहको परिसूचकमा …

पुरा पढ्नुहॊस »

निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा कुनै निर्णय भएको छैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन्। कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे बताएका हुन्। अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तीनै तहको निर्वाचन गराउने सन्दर्भमा कुनै अलमल नरहेको बताए । पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेस, अर्काे बैठक चैत २ गते

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पेस गरिएको हो। माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । उनले न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न महाभियोगको प्रस्ताव ल्याएको जानकारी दिए। संवैधानिक जिम्मेवारीलाई दुरुपयोग गरेको आरोप लगाएको महाभियोग प्रस्तावमा जबराका कार्य एकपछि अर्काे विवादास्पद बनेको बताइएको छ । …

पुरा पढ्नुहॊस »