प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन्। नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए।
संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए। जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए।
‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ। वातावरण अस्वच्छ भएको छ। वातावरणमैत्री विकासको आवश्यकता छ। आफ्नो नगरपालिकालाई नमुना बनाउने गरि योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने।
तपाईंको प्रतिकृया



