Tag Archives: mainnews

आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द

काठमाडौँ । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेद बन्द भएको जनाएको हो । ‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

देशभर तापक्रम बढ्दाे, होशियारी अपनाउन आग्रह

काठमाडौं । नेपालको मौसममा बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज जनाएअनुसार हाल पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाले जारी गरेको बिहानी बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । राति पनि मौसमको अवस्था यस्तै रहने बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार …

पुरा पढ्नुहॊस »

एमसीसीलाई गलत व्याख्या गरियाे, भ्रमको पछि नलागाैं : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिका लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् । एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे। नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ५८ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४१८ परीक्षण गरिएकाे छ। जसमध्ये ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ। यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ। विगत २४ घन्टामा ९२ हजार ४८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

पुरा पढ्नुहॊस »

एमसीसी परियाेजना देश र जनताकाे हितमा छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन्। उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रम मात्र भएको पनि स्पष्ट गरे। उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख …

पुरा पढ्नुहॊस »

शेयर बजार : झिनो अंकले बढ्याे नेप्से

सोमबार (आज) नेप्से झिनो अंकले वृद्धि भएको छ। आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार आज बजार खुल्दा बढे पनि अन्तिममा ० दशमलव १५ अंकले बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो। सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार १३ वटा …

पुरा पढ्नुहॊस »

पार्टीलाई प्रभावकारी बनाउन नेता कार्यकर्ताहरुलाई जसपा अध्यक्ष यादवको निर्देशन

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। सोमबार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् । उनले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडा लगायतका पार्टीका …

पुरा पढ्नुहॊस »

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग २ ख ३०७ नम्बरको बस र ग ३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुमो चालकसमेत तीन जना रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार हुन नसकेपछि पुरानो मेडिकल कलेज चितवनमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते …

पुरा पढ्नुहॊस »

एमसीसीमा कुनै राष्ट्रघात भएकाे छैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहजरुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियाेग लगाउनु परेकाे बताएका छन् । जसले न्यायालयकाे नेतृत्व गरेकाे छ उसकाे नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारकाे प्रयास थालिएकाे बताए । आज राजधानीकाे मीनभवनमा आयाेजित नेपाली कांग्रेसकाे एक महिने घरघर जाउँ, कांग्रेस जिताउँ अभियान अन्तर्गत आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । साे अवसरमा बाेल्दै कांग्रेस कार्यकर्ताले जनताकाे घरघरमा पुगेर एमसीसीका …

पुरा पढ्नुहॊस »

प्रकाशकाे ‘पिर’ गीतबारे प्रचण्ड भन्छन्- ‘धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन’

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतकाे ‘पिर’ को विषयलाई लिएर धेरै आवेगमा नआउन आग्रह गरेका छन् । साेमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूकाे जिज्ञासामा प्रचण्डले यस्ताे बताएका हुन् । ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत/कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ, तर माओवादी आन्दोलनको एउटा पाटोको रूपमा कसैले चर्चा गर्‍याे भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’ कार्यक्रमको व्यस्तताले त्यो …

पुरा पढ्नुहॊस »