Tag Archives: mainnews

बेरुजु र पेस्की भएका जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फर्छ्यौट भएको हुनुपर्ने बताए । “आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भएको भए फर्छ्यौट भएको हुनुपर्छ”, उनले भने, “असुलउपर …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा उल्लेखनीय मौसमी प्राणाली नरहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ । दिउँसो पनि देशका पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले …

पुरा पढ्नुहॊस »

राजपत्रमा प्रकाशित भयाे स्थानीय तह निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ। यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ। एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइने छैन। सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन …

पुरा पढ्नुहॊस »

चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई प्रचण्डकाे आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरे। प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे। उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २७ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७४७ परीक्षण गरिएकाे छ। जसमध्ये २७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ। …

पुरा पढ्नुहॊस »

उपत्यकाकाे ट्राफिक चेकजाँचमा कडाइ

फागु पूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीले चेक प्वाइन्ट राखेको छ। यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानीसमेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए। सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए। सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीले अहिलेसम्म …

पुरा पढ्नुहॊस »

स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन्। प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ। होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय वैशाख ३० भएको बताए। एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे। कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र …

पुरा पढ्नुहॊस »

यातायात व्यवसायीको चेतावनी- ‘अब हामी पनि गाडी भाडा बढाउँछौँ’

काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक सवारीको भाडा आफै बढाउने चेतावनी दिएका छन् । पेट्रोलियमको मूल्य ९ पटक बढ्दासमेत भाडा समायोजन नगरिएको भन्दै व्यवसायीले यस्तो चेतावनी दिएका हुन् । भाडा समायोजनका लागि सरकारसँग पटक पटक माग गरिए पनि कुनै वास्ता नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हामी अतिरिक्त भाडा वृद्धि हुनुपर्छ भन्दैनौँ, बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा समायोजन गर्नुपर्‍यो मात्र भनेका हौँ,’ उनले भने, यसो गर्दा …

पुरा पढ्नुहॊस »

उपत्यकाको सुरक्षामा कडाइ, बिहानैबाट मापसे चेकिङ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि …

पुरा पढ्नुहॊस »

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब प्रतिलिटर १५५ रूपैंयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो। यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु …

पुरा पढ्नुहॊस »