देशभर तापक्रम बढ्दाे, होशियारी अपनाउन आग्रह

काठमाडौं । नेपालको मौसममा बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज जनाएअनुसार हाल पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।

महाशाखाले जारी गरेको बिहानी बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । राति पनि मौसमको अवस्था यस्तै रहने बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा एक वा दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ ।

बुधबार राति पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको बुलेटिनअनुसार बिहीबार दिउँसो तथा राति देशभर मौसम सामान्यतया सफा रहने छ ।

यसैबीच अहिले देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुने असरबाट बच्न मौसम महाशाखाले सुझाव दिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ- देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस