एमसीसीलाई गलत व्याख्या गरियाे, भ्रमको पछि नलागाैं : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिका लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे। नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

उनले भने, ‘देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको बिरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ।’ परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा जोड दिए ।

मुलुकमा विद्युत तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पुर्याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे।

नेता शर्माले स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनु पर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुंगो छैन पहिला आफ्नो नेपाली कांग्रेसलाई मजबुद बनाउन आग्रह गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री