Tag Archives: mainnews

आइतबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार चैत २७ गते आइतबार रामनवमीका अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ। रामनवमीका अवसरमा विदा दिने निर्णय चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ।  

पुरा पढ्नुहॊस »

गभर्नरलाई निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गरेको छ: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरि रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट …

पुरा पढ्नुहॊस »

बर्डफ्लु नियन्त्रणका लागि तनहुँमा कुखुरा, चल्ला र अण्डा ल्याउन रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। चितवनलगायत देशका विभिन्न जिल्लामा …

पुरा पढ्नुहॊस »

बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक सवारी र ट्याक्सीको भाडा बढेको छ । मन्त्रीस्तरीय निर्णयबाट आगामी वैशाख १ देखि लागू हुने गरी भाडा बढाइएको हो । काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ । नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ …

पुरा पढ्नुहॊस »

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ?

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको हो । स्थानीय तह निर्वाचनको ३५ दिनअघिबाट आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले पत्रकार सम्मेलन गरी आचारसंहितामा देखिएका विषयमा पनि प्रष्ट पारेको छ । स्थानीय तह निर्वाचन आचारसंहिता ३ चैतमै नेपाल …

पुरा पढ्नुहॊस »

चुनावी गठबन्धन जोगाउन सुदूरपश्चिम सरकारमा कांग्रेसको ‘इन्ट्री’

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । शुक्रबार नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सरकारमा सहभागी भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आन्तरिक मामिला तथा कानुन, गोविन्द बोहराले सामाजिक विकास, टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यसैबीच, नेकपा (एकीकृत समाजवादी) बाट पनि तीन जनालाई राजीनामा दिन लगाएर …

पुरा पढ्नुहॊस »

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। स्राेतका अनुसार विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोपमा उनलाई निलम्बन गरिएकाे हाे। अधिकारीलाई निलम्बन गर्ने निर्णयसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको स्रोतले बताएको छ।

पुरा पढ्नुहॊस »

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केही व्यक्तिको रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन्। नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ थियो। “हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगायत तथ्याङ्क हेर्यौँ …

पुरा पढ्नुहॊस »

सगरमाथा आरोहणका लागि २०४ जनाले पाए अनुमति

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए। ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन्। सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिंदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन …

पुरा पढ्नुहॊस »

निर्वाचन आचारसंहिता लागू गर्दै आयोग, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्दैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरूलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुँदामा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको …

पुरा पढ्नुहॊस »