Tag Archives: mainnews

राष्ट्रसंघको मानव अधिकार परिषद्‌बाट रुस निलम्बित, तटस्थ बस्यो नेपाल

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यबाट रुसलाई निलम्बित गरिएको छ । बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रुसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि रुस निलम्बनमा परेको हो । डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए । ५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल पनि तटस्थ बसेको थियो । गत फेब्रुअरी २४ …

पुरा पढ्नुहॊस »

विदेशी विनिमय सञ्चिति बढाउन सुनदेखि पानीसम्म आयातमा रोक (सूचीसहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । विदेशी विनिमय सिञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले थुप्रै वस्तुको आयातमा कडाई तथा निरुत्साहित गरेको छ । बैंक तथा वित्तीय संस्थाका सिईओलाई बोलाएर राष्ट्र बैंकले तत्काल अति आवश्यक नहुने त्यस्ता तीन सयभन्दा बढी बस्तुको आयात रोक्न निर्देशन दिएको छ । बैंकहरुले पनि आफ्ना सम्पूर्ण शाखाहरुलाई सर्कुलर गरी त्यस्ता बस्तुको आयातका लागि प्रतितपत्र(एलसी) नखोल्न निर्देशन दिएका छन् । विदेशी वस्तुको आयात गर्दा डलर खर्चिनु पर्ने अवस्था आउँछ । त्यसरी …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् बैठकद्वारा २० देशका लागि राजदूत नियुक्ति सिफारिस

सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए। स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था …

पुरा पढ्नुहॊस »

कलाकार पल शाह पुर्पक्षको लागि थुनामा

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ। नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । कावासोतीस्थित नवलपुर जिल्ला …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः सात जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ। पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै …

पुरा पढ्नुहॊस »

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो । एडीबीले २०२३ मा ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको हो । सन् २०२२ (चालू आर्थिक वर्ष) कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहनेछ । रोपाइँका बेला पर्याप्त वर्षा भए पनि धान थन्क्याउने …

पुरा पढ्नुहॊस »

आयोगले १० दिनमै हटायो ७१ निर्वाचन अधिकृत, यी हुन् नयाँ नियुक्त गरिएका अधिकृत (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ । उनीहरूको सट्टामा नयाँ कर्मचारी नियुक्त गरिएको छ । आयोगले जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची-१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबारदेखि नै हटाइएको हो । उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ …

पुरा पढ्नुहॊस »

निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको छ । जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयका एक …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज  देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा तथा वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा …

पुरा पढ्नुहॊस »

कुलमान घिसिङ, ‘कुनै पनि उद्योगमा लोडसेडिङ छैन’

नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ। बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे। केही दिनअघि विद्युतकाे व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ । ‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान …

पुरा पढ्नुहॊस »