राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन्। पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन्। बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः १३ जनामा संक्रमण पुष्टि, ५७ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ८०७ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५६ हजार ५२७ रहेको छ ।
पुरा पढ्नुहॊस »नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट
बुधबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। दिनहुँ घट्दै आएको बजार मंगलबार ४६ दशमलव ४६ अंकले घटेको थियो भने आज पनि २३ दशमलव ३२ अंकले गिरावट आएर २ हजार ४२८ दशमलव ७५ विन्दुमा झरेको हो। बुधबार २२६ वटा धितोपत्रको ४३ लाख ७२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ९९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …
पुरा पढ्नुहॊस »आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता हाे : ऊर्जामन्त्री
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छिन्। बुधबार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरु रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि हुनु पर्ने जति विद्युत उत्पादन गर्न …
पुरा पढ्नुहॊस »प्रदेशदेखि टोल तहसम्म प्रचार समिति गठन गर्न कांग्रेसद्वारा भ्रातृ संस्थालाई निर्देशन
नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार बसेको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा बसेको बैठकले …
पुरा पढ्नुहॊस »निर्वाचन आयोगद्वारा चुनावी कार्यक्रम गर्न समय निर्धारण
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो। आयोगले जारी गरेको निर्देशनको १७ औं नम्बरमा यस्ता कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो। त्यस्तै आयोगले अनुमतिबिना कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक …
पुरा पढ्नुहॊस »फेरि बढ्यो ग्यास र पेट्रोलियमको भाउ, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ । यसअघि निगमले चैत २ …
पुरा पढ्नुहॊस »राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाँच अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले राष्ट्रपति भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गरेको जानकारी दिए। राष्ट्रपतिले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) …
पुरा पढ्नुहॊस »इतिहासका हरेक कालखण्डमा पत्रकारहरूकाे याेगदान महत्वपूर्ण छः संचारमन्त्री कार्की
नेपाल प्रेस युनियनकाे केन्द्रीय कार्यालयमा प्रेस युनियन केन्द्रिय अध्यक्ष बद्री सिग्देलको अध्यक्षता तथा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रेस युनियनको आयाेजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा फाेनिज, सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारी र सरकारी सञ्चार माध्यममा नियुक्त भएका ब्यक्तिलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले इतिहासका हरेक कालखण्डमा पत्रकारहरूकाे याेगदान महत्वपूर्ण …
पुरा पढ्नुहॊस »चोभारकाे सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आयाे
काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् …
पुरा पढ्नुहॊस »