बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक सवारी र ट्याक्सीको भाडा बढेको छ । मन्त्रीस्तरीय निर्णयबाट आगामी वैशाख १ देखि लागू हुने गरी भाडा बढाइएको हो ।

काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ । नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री