चुनावी गठबन्धन जोगाउन सुदूरपश्चिम सरकारमा कांग्रेसको ‘इन्ट्री’

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । शुक्रबार नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सरकारमा सहभागी भएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आन्तरिक मामिला तथा कानुन, गोविन्द बोहराले सामाजिक विकास, टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यसैबीच, नेकपा (एकीकृत समाजवादी) बाट पनि तीन जनालाई राजीनामा दिन लगाएर उनीहरूको ठाउँमा तीन जनालाई नियुक्त गरिएको छ ।

एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घ सोडारीबाहेक सबैलाई फेरबदल गरेको छ । जसअनुसार आर्थिक मामिला मन्त्री रहेका तारा लामा तामाङलाई बोलाएर प्रकाश रावललाई पठाएको छ । यस्तै आर्थिक मामिला राज्यमन्त्री माया तामाङलाई बोलाएर अमर साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरीलाई बोलाएर कुलवीर चौधरीलाई पठाइएको छ ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेपछि पार्टीमा असन्तुष्टि देखिएको छ । चुनावी गठबन्धनलाई जोगाउन सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after