Tag Archives: mainnews

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन्। राप्रपा जिल्ला कार्यसमिति बाराद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्नका लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गरे। अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु …

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। चैत ३० गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको जानकारी दिएको छ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि कांग्रेसले निर्देशनसमेत दिएको छ।

पुरा पढ्नुहॊस »

शेयर बजार: ४४ दशमलव ६४ अंकले घट्यो नेप्से

सोमबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको अन्तिम दिन ३५ दशमलव ६६ अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको हो। आज ४४ दशमलव ६४ अंकले घटेर २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो । सोमबार २३३ वटा धितोपत्रको ५० लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल …

पुरा पढ्नुहॊस »

०७४ सालकाे चुनावी हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट गरिन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ …

पुरा पढ्नुहॊस »

चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने सत्तारुढ गठबन्धनकाे तयारी

सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साेमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो। गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो। तर, निष्कर्षमा भने पुग्न सकेन। बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे …

पुरा पढ्नुहॊस »

सत्तारुढ गठबन्धनको अपिल- देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको गठबन्धनमा आबद्ध पाँच दलका शीर्षस्थ नेताबीच भएको बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनले आव्हान गरेको छ । चुनावी तालमेलको मोडालिटीको बारेमा गठबन्धनको भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले …

पुरा पढ्नुहॊस »

स्थानीय चुनाव : सामाजिक सञ्जालको नियमन गर्न बन्यो कार्यदल

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालको नियमन गर्न कार्यदल गठन गरेको छ । स्थानीय तह निर्वाचन ०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरिएको हो । आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ । कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन …

पुरा पढ्नुहॊस »

नेपालगञ्जमा कारको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु

काठमाडाैँ । नेपालगञ्जको बिपी चोक नजिक कारले ठक्कर दिँदा तीनजना पैदल यात्रीको मृत्यु भएको छ। आइतबार राति प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । कारको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका-११ का ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हाे । सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । …

पुरा पढ्नुहॊस »

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज बसेको बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो दिउँसो प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति प्रदेश-१, …

पुरा पढ्नुहॊस »