नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ। कांग्रेसले आइतबार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ। सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट …
पुरा पढ्नुहॊस »सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले यस्ताे बताएका हुन्। विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार …
पुरा पढ्नुहॊस »अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैङ्कर्स सङ्घकाे निर्णय
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। आज बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज बसेको बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय …
पुरा पढ्नुहॊस »४ जना कोरोना संक्रमित थपिए, ८७ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७४० नमूना परीक्षण गर्दा ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ८७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ८२८ रहेको …
पुरा पढ्नुहॊस »याे सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : विष्णु पौडेल
पूर्वअर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन्। मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए। ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन् । आर्थिक अवस्था यस्तो हुने थिएन्। पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो। …
पुरा पढ्नुहॊस »भरतपुर कांग्रेसले पाउनुपर्ने माग राख्दै शीर्ष नेता भेटेर फर्किए चितवनका कांग्रेस नेता
नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन्। भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन्। नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठसहितको टोली आएको थियो। भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका कांग्रेसलाई पार्ने गरि छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए। भरतपुर महानगरपालिका …
पुरा पढ्नुहॊस »२७ करोड खर्चेर मतदान सामग्री खरिद, कहिले पुग्छन् जिल्ला ?
काठमाडौँ । निर्वाचन आयोगले २७ करोड खर्चेर मतदान सामग्री खरिद गरेको छ । स्थानीय तह निर्वाचनमा प्रयोग हुने विभिन्न २३ प्रकारका सामग्री २७ करोड खर्चेर खरिद गरिएको हो । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो । मतदान सामग्री अहिले धमाधम आयोगको केन्द्रीय कार्यालय आउन थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘करिब १५ प्रकारका सामग्री आयोगले बुझिसकेको छ, …
पुरा पढ्नुहॊस »भरतपुरमा कसैसँग तालमेल हुँदैन : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कसैसँग तालमेल नहुने बताएका छन् । चितवन जिल्ला कार्यसमिति चितवनको निर्णय बुझ्दै नेता कोइरालाले भरतपुरमा तालमेल नहुने बताएका हुन् । भरतपुरमा कांग्रेसको आफै उम्मेदवार हुनेमा ढुक्क रहन उनले आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा चितवन कांग्रेस सभापति राजेश्वर खनालले चितवन र भरतपुर महानगरपालिकामा कुनै पार्टीसँग तालमेल नगर्न र कांग्रेसकै उम्मेदवारलाई …
पुरा पढ्नुहॊस »सिंगो पार्टीलाई प्रतिकूल असर पर्ने भन्दै कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने
नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ। नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए। आजै बर्दिबास नगरसमितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय …
पुरा पढ्नुहॊस »१३ जना नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १३ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १५५ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ४४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।
पुरा पढ्नुहॊस »