सिंगो पार्टीलाई प्रतिकूल असर पर्ने भन्दै कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने

नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ। नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए।

आजै बर्दिबास नगरसमितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १(क) कार्यालय बर्दिबासलाई पठाएको छ।

नेपाली कांग्रेस बर्दिबास आत्मनिर्भर र उच्च मनोवलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन …

प्रतिकृया दिनुहॊस

This will auto close after