सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ। आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो। नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्।
पुरा पढ्नुहॊस »शेयर बजारः ३४ अंकले घट्याे नेप्से
मंगलबार (आज) पनि शेयर बजारमा उच्च अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार ४४ दशमलव ६४ अंकले घटेको बजार आज पनि ३४ दशमलव ७८ अंकले गिरावट आएर २ हजार ३८५ दशमलव शून्य २ विन्दुमा झरेको हो । मंगलबार २२७ वटा धितोपत्रको ३७ लाख ८३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक …
पुरा पढ्नुहॊस »काठमाडौंका खाली जग्गा भूमाफियाका कब्जामा : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए। प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या …
पुरा पढ्नुहॊस »राष्ट्रियसभाका मनोनीत सदस्य दाहालले लिए शपथ ग्रहण
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन्। शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए। अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए। शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो। राष्ट्रपति …
पुरा पढ्नुहॊस »मेलम्चीको पानी सुरूङमा खसालियो
मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरि ३८ नं को गेट खोलेर उद्घाटन गरे। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ। गत वर्ष चैत १७ गतेदेखि राजधानीमा …
पुरा पढ्नुहॊस »बैसाख ५ भित्र उम्मेद्वार तय गर्न माओवादीको सर्कुलर
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विशेष सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् । यस्तै माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने पनि मातहतका कमिटीलाई सर्कुलर गरेको छ । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुशी …
पुरा पढ्नुहॊस »चुनावी तालमेलको ‘मोडालिटी’ टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए । ७५३ पालिकामै तालमेलका लागि भागबण्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनका अनुसार हिजो र अस्तीको बैठकमा भएको छलफलका आधारमा आज …
पुरा पढ्नुहॊस »आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइने, काठमाडौँ आइपुग्न १५ दिन लाग्ने
काठमाडौँ । मेलम्चीको खानेपानी आयोजनाबाट आजदेखि पुनः काठमाडौँ उपत्यकामा पानी पठाइने भएको छ । बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलेर सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो । आज अम्बाथानबाट सुरुङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङले बताए । उनकाअनुसार काठमाडौँमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ । …
पुरा पढ्नुहॊस »अत्यावश्यक सेवामा हडताल नगर्न काठमाडौं प्रशासनको आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत रहेको जनाएको हो । सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ …
पुरा पढ्नुहॊस »प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने
प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ। आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो। सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
पुरा पढ्नुहॊस »