भरतपुरमा कसैसँग तालमेल हुँदैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कसैसँग तालमेल नहुने बताएका छन् । चितवन जिल्ला कार्यसमिति चितवनको निर्णय बुझ्दै नेता कोइरालाले भरतपुरमा तालमेल नहुने बताएका हुन् ।

भरतपुरमा कांग्रेसको आफै उम्मेदवार हुनेमा ढुक्क रहन उनले आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा चितवन कांग्रेस सभापति राजेश्वर खनालले चितवन र भरतपुर महानगरपालिकामा कुनै पार्टीसँग तालमेल नगर्न र कांग्रेसकै उम्मेदवारलाई मेयरको टिकट दिनुपर्ने मागसहितको निर्णय शीर्ष नेतालाई बुझाइरहेका छन् ।

उनीहरूले यसअघि सभापति शेरबहादुर देउवालाई पनि माओवादीलाई मेयर दिन नसकिने निर्णयसहितको माइन्युट बुझाइसकेका छन् । ०७४ को पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसले माओवादीकी उम्मेदवार रेनु दाहाललाई जिताएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री