Tag Archives: mainnews

निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका हुन् । प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताए । निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का …

पुरा पढ्नुहॊस »

प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा

काठमाडौँ । गत असार १३ गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरूले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन् । भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले मुख्यालयका सैन्य सल्लाहकार जेनरल बिरामे डिओप, अन्डर सेक्रेटरी जेनरल जिन पिएरी ल्याक्रोइक्स, अतुल खारे र रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका छन् । छलफलमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरूका बारेमा …

पुरा पढ्नुहॊस »

मेलम्चीमा बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायतका धेरै स्थानमा भारी वर्षा भइरहेका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । नकोटेस्ठित बाढी मापन केन्द्रमा मेलम्ची नदीको जलसतह १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । त्यस्तै भिरालो जमिन र भूकम्पका कारण पहिरोको जोखिम रहेका क्षेत्रमा पनि सतर्कता अपनाउन महाशादाले स्थानीय बासिन्दालाई आग्रह गरेको …

पुरा पढ्नुहॊस »

पाँचथर पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा-७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका थिए । पहिरोले ढुङ्गा, माटोले …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलबाट २६७.४ ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौँ । बैङ्ककबाट काठमाडौं आएका एक यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन बरामद भएको छ । शुक्रबार बेलुका नेपाल एयरलाइन्समार्फत बैङ्ककबाट काठमाडौँ आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साइडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात ह्याण्डिल खोल्दा भित्री भागमा सुन भेटिएको हो । करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको …

पुरा पढ्नुहॊस »

रविकाे दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न घण्टी नै

काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयाेगले प्रस्तावित पार्टीकाे नाम र चुनाव चिह्नलाई नै मान्यता दिँदै दर्ता गरेकाे हाे । पार्टीका प्रवक्ता मुकुल ढकालकाअनुसार प्रस्तावित चुनाव चिह्न घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको छ । चुनाव चिह्न घण्टी छ । केही स्वतन्त्र उम्मेदवारहरूले रविको पार्टीको नामकाे विपक्षमा उजुरी दिएका थिए ।

पुरा पढ्नुहॊस »

प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा विजुली बेचेर एक महिनामा एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको कमाइ गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री थालेको थियो । शुरुमा दुई वटा विद्युत गृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै …

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा फैलिँदै हैजा, हालसम्म १७ जनामा पुष्टि

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजाको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उनले आग्रह गरेका छन् । हैजाबाट जोगिन खानपानमा ध्यान …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभाबाट बजेट आश्रित तीनवटै विधेयक पारित, एमालेको बहिष्कार

काठमाडौँ । प्रतिनिधिसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधिसभामै फिर्ता पठाएको छ । राष्ट्रियसभाले …

पुरा पढ्नुहॊस »

काठमाडौँ महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने भएको हो । साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग …

पुरा पढ्नुहॊस »