राष्ट्रियसभाबाट बजेट आश्रित तीनवटै विधेयक पारित, एमालेको बहिष्कार

काठमाडौँ । प्रतिनिधिसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधिसभामै फिर्ता पठाएको छ । राष्ट्रियसभाले संदेशसहित फिर्ता पठाएको तीन वटै विधेयकलाई प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधिसभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पुर्ण रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक असार २० गते बोलाइएको छ ।

यी चार वटै विधेयक पुनः प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ । यी विधेयकहरु आगामी साउन १ गतेदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणिकरण भइसक्नुपर्ने हुन्छ । राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणिकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।

आइतबार राष्ट्रिय सभाले बजेट आश्रित विधेयक पारित गर्दै गर्दा एमालेले भने बैठक बहिष्कार ग-यो । अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री जनादर्न शर्माको राजीनामा माग्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठन गरिनुपर्ने एमालेको शर्त छ । आफुहरुको मागको सुनुवाई नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।

एमालेको अनुपस्थितिका बीच राष्ट्रिय सभाले बजेट आश्रित विधेयक पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस