काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् । आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना प्रधानमन्त्री बनेर देशको सेवा गर्न चाहेको उनले …
पुरा पढ्नुहॊस »८० देशमा फैलिइसकेको मङ्कीपक्सको नेपालमा कति छ जोखिम ?
काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल-भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । ८० देशका करिब २४ हजार मानिसमा मङ्कीपक्सको सङ्क्रमण फैलिएको डब्लुएचओले जनाएको छ । डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा. चथुरा इदिरीसुरियाले मङ्कीपक्स रोगको जोखिम बारेको जानकारी समुदायमा सरकारले गराउनु आवश्यक रहेको बताए । रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत …
पुरा पढ्नुहॊस »संविधानको रक्षाका लागि तालमेल : शशांक कोइराला
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग चितवनमा कुराकानी गर्दै उनले कांग्रेससँग निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए । उनले भने, ‘सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।’ तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक …
पुरा पढ्नुहॊस »दुर्गन्धित काठमाडौँ : सडक/फूटपाथ फोहरले भरिए, कहाँबाट हिड्ने ?
काठमाडाैँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ । कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानका नदीखोलामा बाढीको जोखिम
काठमाडौँ । देशका विभिन्न स्थानमा अहिले बर्षा भइरहेको छ । बर्षाका कारण देशका विभिन्न नदी-खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले आवश्यक होशियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठानलगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान …
पुरा पढ्नुहॊस »जापान पुगे प्रचण्ड, यस्तो छ भ्रमण तालिका
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । उनी केही बेरअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विमानस्थलमै स्वागत गरेका थिए । पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका उनीसँगै स्वकीय सचिव रमेश …
पुरा पढ्नुहॊस »नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५:२६ बजे गएको भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो । अहिले वर्षा समेत भइरहेकोले भूकम्पको धक्का महसुस गर्दा स्थानीय त्रसित बनेका छन् । भूकम्पबाट के-कति क्षति भयो भन्नेबारे केही विवरण आएको छैन ।
पुरा पढ्नुहॊस »एकैदिन थपिए ९१२ कोरोना संक्रमित, एकको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६,४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप एक जनाको मृत्यु भएको छ । आज तीन सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पुरा पढ्नुहॊस »गठबन्धनले तालमेलका लागि बनायो कार्यदल, को-को छन् ?
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले तालमेल गरेर जाने सहमति गरेको छ । गठबन्धनले सिट बाँडफाँट लगायत तालमेलको मोडालिटी तय गर्न कार्यदल गठन गरेको छ । गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट ३ जना, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबाट २-२ जना रहेका छन् । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद …
पुरा पढ्नुहॊस »चुनावमा तालमेल गर्न सत्तारुढ पाँचदलीय गठबन्धन सहमत
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनले एकसाथ चुनावमा जाने सहमति गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चुनावमा तालेमल गरेर जाने सहमति गरेका हुन् । प्रतिनिधिसभामाका १६५ र प्रदेश सभामा ३३० सिट सबैमा तालमेल गर्ने वा सिमित क्षेत्रमा तालमेल गर्ने भन्ने विषय भने नटुंगिएको एक नेताले खरीबोटलाई बताए । तालमेलको मोडालिटी बनाउन ९ सदस्यीय कार्यदल समेत बनाइएको बताइएको छ …
पुरा पढ्नुहॊस »