काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणमा आउँदो तीन महिनाभित्र मूल्यवृद्धि (महँगी) १४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । अहिले पनि महँगी १४ प्रतिशत नै रहेको अनुमान गरिएको सर्वेक्षणमा सहभागीहरूले बताएको उल्लेख छ । आगामी एक वर्षपछि महँगी १३ प्रतिशतमा रहने पनि सर्वेक्षणमा उल्लेख छ । यस्तै गैरखाद्य र सेवा तथा घरजग्गा (आवास) …
पुरा पढ्नुहॊस »एकैदिन थप ५६८ मा कोरोना संक्रमण, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका ४,८०० नमूनामध्ये ५६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पीसीआरबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४५३ र एन्टिजेनबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । …
पुरा पढ्नुहॊस »अर्थमन्त्री प्रकरण : फरेन्सिक रिपोर्ट प्रहरीले छानबिन समितिलाई बुझायो
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो । स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । बजेट निर्माणमा करको दर हेरफेर गर्न …
पुरा पढ्नुहॊस »राष्ट्रियसभामा राेकिएन नागरिकता विधेयक, प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको तियो । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । त्यसअघि बैठकमा विधेयकमाथिको छलफलमा उठेका …
पुरा पढ्नुहॊस »‘कृषिप्रधान देशमा दुई खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद’
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन् । गन्तव्य परिवारद्वारा सोमबार काठमाडौँमा आयोजित घर एक उद्यमशील सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्ब ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरूलाई स्वदेशमा नै परिचालन गरी उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् । नेपालका युवाहरू विदेशका हरेक निकायमा रहेको …
पुरा पढ्नुहॊस »चेम्बरले भन्यो- मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुपात तीनबाट चारमा पुर्याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य १२ प्रतिशतमा घटाउनुले बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य एवं मूल्यवृद्धि सात प्रतिशतमा नियन्त्रण गर्न कठिन …
पुरा पढ्नुहॊस »यो निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजान्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने उनको तर्क थियो । ‘पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ …
पुरा पढ्नुहॊस »अछाममा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ । अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका-२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीनजनाको मृत्यु भएको हो । वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीकाअनुसार अमरका भाइ वीरेन्द्र, छोरा संविधान र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको छ । गएराति करिब साढे १२ बजेतिर घरमाथिबाट पहिरो खसेको उनको भनाई छ ।
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ७ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको छ । यसअघि साउन २ गते बाजुराको जिउलेख मद्दु केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प भएको थियो ।
पुरा पढ्नुहॊस »काठमाडौँसहित धेरै स्थानमा बदली, यी क्षेत्रमा हुनेछ भारी वर्षा
काठमाडाैँ । अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ भने धेरै स्थानको मौसम बदली भएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेकाले वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी …
पुरा पढ्नुहॊस »