काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयाेगले प्रस्तावित पार्टीकाे नाम र चुनाव चिह्नलाई नै मान्यता दिँदै दर्ता गरेकाे हाे ।
पार्टीका प्रवक्ता मुकुल ढकालकाअनुसार प्रस्तावित चुनाव चिह्न घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको छ । चुनाव चिह्न घण्टी छ । केही स्वतन्त्र उम्मेदवारहरूले रविको पार्टीको नामकाे विपक्षमा उजुरी दिएका थिए ।
तपाईंको प्रतिकृया




