त्रिभुवन विमानस्थलबाट २६७.४ ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौँ । बैङ्ककबाट काठमाडौं आएका एक यात्रुले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन बरामद भएको छ । शुक्रबार बेलुका नेपाल एयरलाइन्समार्फत बैङ्ककबाट काठमाडौँ आएका रोकेश तुलाधरले बोकेको सुटकेसबाट २६७.४ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साइडको भित्र पट्टी शंकास्पद धातु रहेको पाएपश्चात ह्याण्डिल खोल्दा भित्री भागमा सुन भेटिएको हो । करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्बन पेपरले र्‍यापिङ गरी अड्काएर ल्याएको पाइएको हो ।

शुक्रबार राति नै उनलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले विस्तृत अनुसन्धान थालेको छ । सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका लागि भन्सार अधिकृतलाई २५ दिनको समय उपलब्ध हुने प्रावधान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस