पाँचथर पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा-७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए ।

गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका थिए । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले भन्यो- संसदीय समिति नबनेसम्म नीति तथा कार्यक्रम जे भए पनि संसद चल्न दिँदैनौं

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको …

प्रतिकृया दिनुहॊस