काठमाडौँ । निर्वाचन आयोग प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटिरहेकाे छ । आयोग दुवै निर्वाचन एकैदिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारीमा जुटेकाे हाे । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैदिन …
पुरा पढ्नुहॊस »प्रियंका जोशी बनिन् यस वर्षको ‘मिस नेपाल’
काठमाडौँ । मिस नेपाल २०२२ को उपाधी प्रियन्का रानी जोशीले पाएकी छिन् । ललितपुरको गोदावरीमा भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएका छन् । २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, …
पुरा पढ्नुहॊस »गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौं : प्रधानमन्त्री देउवा
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर विधेयक निर्माणको कार्य अघि बढाइने बताए । ‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले सवैको एउटै माग रहेको पाए, अब चाँडै सुदूरपश्चिमवासीको माग सम्बोधन हुनेगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्नेछु ।’ उनले कैलालीसँग …
पुरा पढ्नुहॊस »सिसीटिभीका फुटेज हेरे हुन्छ, मैले कुनै कर्मचारीलाई दुर्व्यवहार गरेको छैन : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । उनले भने, ‘समाचारमा उल्लेख भए जस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार …
पुरा पढ्नुहॊस »मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि
काठमाडौँ । मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिइन् । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई …
पुरा पढ्नुहॊस »अब उप्रान्त नेपाल एसपीपीमा संलग्न नहुने जानकारी अमेरिकालाई दिन निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अब उप्रान्त स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नहुनेबारे औपचारिक जानकारी अमेरिकी सरकारलाई दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल नरहने जानकारी अमेरिकालाई लिखित रूपमा गर्न भनेको हो । ’नेपालको संविधानद्वारा निर्दिष्ट …
पुरा पढ्नुहॊस »‘हनि ट्रयाप’ मा पारेर रकम असुल्ने गिरोह पक्राउ
काठमाडौं । ‘हनी ट्रयाप’ मा पारी रकम असुल्ने युवतीसहितको गिरोहलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सूर्यविनायक-९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलाञ्चोक घर भई पेप्सिकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, हलेसी-७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी-७ सुनसरी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र मेलुङ-५, …
पुरा पढ्नुहॊस »जग्गा किनबेच ठप्प, मालपाेतमा घट्याे सेवाग्राहीकाे भिड
काठमाडौँ । जग्गा खण्डीकरणलाई व्यवस्थित गर्न सरकारले कानुन बनाएपछि त्यसको तत्काल व्यवहारिक प्रयोगमा भने कठिनाइ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ म भूउपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा सबै मातहतका कार्यालयमा सर्कुलर गरिसकेको छ । सर्कुलरअनुसार अब हरेक स्थानीय तहले जग्गालाई बसोवास, अवास, कृषि लगाएतका १० क्षेत्रमा वगिकरण गर्नुपर्ने छ । यता मन्त्रालयले कानुन ल्याइसक्दा समेत जग्गा वर्गीकरणको जिम्मा पाएका स्थानीय तहले …
पुरा पढ्नुहॊस »परराष्ट्रमन्त्री खड्कालाई भीम रावलको चुनौती- ‘नेपाल एसपीपीमा छैन भनेर अमेरिकालाई पत्र लेख्नुस्’
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर सकिएको भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । यसअघि बैठकमा परराष्ट्रमन्त्री खड्काले एसपीपी नकोट्याउन आग्रह गरेका थिए । ‘ परराष्ट्रमन्त्रीले एसपीपीले नकोट्याऊ सबै नङ्ग्याउन भन्नु भो,’ रावलले भने, ‘यो भन्न मिल्दैन, नेपाली सेना दुई दिनअघि सम्झौता भएको छैन भन्ने ? दुई दिनपछि गरेको छैन …
पुरा पढ्नुहॊस »संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने, ‘एसपीपीको च्याप्टर क्लोज भइसक्यो’
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को विषय ‘च्याप्टर क्लोज’ भइसकेको कारणले अब यसलाई कोट्याउन र खोतलखातल गर्न जरुरी नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी हुँदै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको बताएका हुन् । बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दै नेपाललाई स्वीकार्य नभएको बताएका छन् । ‘यो टुंगिएको …
पुरा पढ्नुहॊस »