काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९-९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मटितेल १७२-१७२ रुपैयाँ तथा र हवाई इन्धन आन्तरिक तर्फ १९० रुपैयाँ पर्ने …
पुरा पढ्नुहॊस »अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।सोमबारको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उनले बताए । महामन्त्री थापाले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने समेत बताए । उनले भने, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्सन लिनुपर्छ …
पुरा पढ्नुहॊस »आयल निगमले लेख्यो प्रधानमन्त्रीलाई पत्र, ३० अर्ब भुक्तानी रकम दिन माग
काठमाडौँ । नेपाल आयल निगमले प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्र लेखेर भारतीय आयल निगमलाई दिनुपर्ने भुक्तानी दिन ध्यानाकर्षण गराएकाे छ । निगमले बक्यौता रकम भुक्तानी नदिए पेट्राेलियम आपूर्ति रोकिने भन्दै ध्यानाकर्षण गराएको हो । हाल निगमले भारतीय आयल निगमलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब रुपैयाँ नाघेको निगमले जनाएकाे छ । उक्त रकम भुक्तानी नदिए आपूर्ति रोकिने जनाएको हो । निगमको घाटा चुलिएर हाल यो आर्थिक वर्षभित्र ५३ …
पुरा पढ्नुहॊस »भारतीय दूतावासभित्र एक सुरक्षा गार्डको मृत्यु
काठमाडौं – काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले …
पुरा पढ्नुहॊस »एसपीपीबारे कुन-कुन पूर्व प्रधानमन्त्रीले के निर्णय गरे, सत्य बाहिर ल्याउनु पर्छ : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रियाबारे सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् । एसपीपीमा सत्ता पक्षका नेता र मन्त्रीहरुले जनतामा भ्रम फैलाउने गरी बोल्दै हिँडेको भन्दै सत्य तथ्य संसदमा जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । ‘एसपीपीमा मन्त्रीहरु र नेताहरुले भ्रम फैलाउने गरी बोल्दै हिँडेका छन् । जनतालाई गुमराहमा राख्न पाइँदैन । राज्यले पाउँदैन । राज्य …
पुरा पढ्नुहॊस »भारतीय राजदूतसँग गृहमन्त्री खाणले गरे मलका लागि सहजीकरण गर्न आग्रह
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन् । गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह …
पुरा पढ्नुहॊस »नबिल र नेपाल बंगलादेश बैंकको असार २७ गतेबाट एकीकृत कारोबार
काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेको थियो । केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले …
पुरा पढ्नुहॊस »ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ कति घातक ?
काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो । अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले बताए । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन: बढिरहेको छ । बीए फोर र बीए …
पुरा पढ्नुहॊस »‘कांग्रेस पार्टीजस्तो रहेन’
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरूसँग छलफल गरेका छन् । उनले आइतबार पार्टीको पछिल्लो अवस्थाका बारेमा पुराना नेताहरुसँग छलफल गरेका हुन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाकाअनुसार तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विजयध्वज चन्द, विपीन कोइरालालगायतसँग छलफल गरे । सो क्रममा नेताहरुले कोइरालासँग कांग्रेसमा इमान र आदर्शको राजनीतिक सकिएको बताएका थिए । गठबन्धनको सही मूल्याङ्कन नगरिए कांग्रेस संघ र प्रदेशको चुनावमा संकटमा पर्ने उनीहरुको भनाई …
पुरा पढ्नुहॊस »कात्तिक ३० भित्रै चुनाव गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष
काठमाडौं । निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोग स्रोतले जनाएको छ । यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा आयोग पुगे पनि एकै चरणमा चुनाव गर्ने टुङ्गोमा आयोग पुगेको छ । १६५ …
पुरा पढ्नुहॊस »