Tag Archives: mainnews

सरकारको बेरुजु रकम झण्डै पाँच खर्ब पुग्यो

काठमाडौं । सरकारको बेरुजु रकम चार खर्ब ८३ अर्ब भन्दा धेरै पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औ प्रतिवेदनमा गएको आर्थिक वर्ष २०७७/७८ सम्म नेपालको बेरुजु रकम चार खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट एक खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ । महालेखाले अघिल्लो आर्थिक वर्षमा ५ …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो । बुधबार एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै …

पुरा पढ्नुहॊस »

पार्टीको अर्थ तथा योजना विभागका एम अधिकारी गभर्नर होइनन् : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेका कमिटी र विभागहरुमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नभएको बताएका छन् । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा भुसाल प्रमुख रहेको अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको बेला भुसालको यस्तो प्रतिक्रिया आएको हो । भुसालले अर्थ तथा योजना विभागमा रहेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी …

पुरा पढ्नुहॊस »

उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगीले उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्बजनिक गरेका छन् । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ । यसअघि प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न निर्देशन दिएका छन् ।

पुरा पढ्नुहॊस »

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल निक्षेप रु ४४ खर्ब रहेकामा असार २४ गतेसम्म रु ४४ खर्ब ९४ अर्ब …

पुरा पढ्नुहॊस »

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडाैँ । मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले आजदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर नमुनाको रुपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु गर्ने जनाएको छ । फोटोसहितको …

पुरा पढ्नुहॊस »

देश छाडेर भागे श्रीलंकाली राष्ट्रपति राजापाक्षे

काठमाडाैँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानी माले पुगेका छन् । राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगेको बताइन्छ । राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको टिप्पणी गर्न …

पुरा पढ्नुहॊस »

चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश-१, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना …

पुरा पढ्नुहॊस »

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल निक्षेप ४४ खर्ब रहेकामा असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो । …

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेसमा यस्तो छ मर्यादाक्रम (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् । १२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा क्रियाशील सदस्य र १२१औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ । वरीयताक्रमबारे विवाद उत्पन्न …

पुरा पढ्नुहॊस »