Tag Archives: mainnews

रन्थनिएका ओलीले संसद्‍मा कुण्ठा पोखे : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कुण्ठा पोखेको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले केपी ओलीले गरेको सम्बोधन रन्थनिएको बेलाको कुण्ठा भएको टिप्पणी गरेका हुन् । ओलीले बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो विचार राख्दै संसद्मा तीन घण्टा लामो सम्बोधन गरेका थिए । ओलीको त्यही सम्बोधनमाथि थापाले टिप्पणी गरेका हुन् । ‘कुण्ठामा केबल सहानुभूति मात्रै हुन्छ । …

पुरा पढ्नुहॊस »

सर्वोच्चको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । निजगढ विकास पक्षधरहररूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध शनिबार प्रदर्शन भएको हो । सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’, ‘के विकास र समृद्धि अधिकार होइन ?’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए । २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट …

पुरा पढ्नुहॊस »

साढे ९ हजार नेपाली श्रमिक कोरिया जाँदै

काठमाडौँ । दुई वर्षदेखि स्थगित कोरियन भाषाको परीक्षा यहि महिनाबाट सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेदेखि ३ असारसम्म सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ …

पुरा पढ्नुहॊस »

कस्तो हुन्छ मंकीपक्स रोगका लक्षण, कसरी जोगिने ?

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेको बताए । नेपालमा संक्रमण नदेखिए पनि सचेत भने हुनुपर्ने उनको भनाई छ । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्किने तरल …

पुरा पढ्नुहॊस »

गणतन्त्र दिवस : ८१८ कैदीको बाँकी सजाय मिनाहा

काठमाडौं । सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् । सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवा समेतका ५४७ गरी कूल ८१८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘संविधानको धारा २७६, …

पुरा पढ्नुहॊस »

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यहि वायुको प्रभावका कारण आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । आज प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि …

पुरा पढ्नुहॊस »

शनिबार आर्थिक सर्वेक्षण पेश हुने, आइतबार बजेट

प्रतिनिधिसभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ। बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण पेश हुन पाएन। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ। अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ। जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नेछन्। गणतन्त्र दिवसको …

पुरा पढ्नुहॊस »

मङ्कीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

विश्वका धेरै मुलुकमा देखा परेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए। उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताउनुभयो । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीका र्याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ। …

पुरा पढ्नुहॊस »

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे। निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ। निजगढबाट १५ मिनेटमै सर्लाही …

पुरा पढ्नुहॊस »

शेयर बजारः १५ दशमलव ८२ अंकले घट्याे नेप्से

साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार घटेको छ। आज बजार दोहोरो अंकले घटेको छ। शेयर बजार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २ हजार २२३ दशमलव ७८ बिन्दुमा पुगेको हो। त्यस्तै, ठूला कम्पनीको कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर ४३३ दशमलव ०७ अंकमा पुगेको छ। आज २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८९ लाख …

पुरा पढ्नुहॊस »