Tag Archives: mainnews

बझाङको घट्टेखोलामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, चालकसहित ६ जना घाइते

काठमाडाैँ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका-२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजेतिर घट्टेखोलामा दुर्घटना हुँदा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो भने चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् । ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियामा अध्यागमन ऐन उल्लंघन गर्ने १३ नेपाली पक्राउ

काठमाडौँ । दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ …

पुरा पढ्नुहॊस »

सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको शनिबारको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष …

पुरा पढ्नुहॊस »

देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ का एक-दुई स्थानमा भारी …

पुरा पढ्नुहॊस »

स्थानीय निर्वाचनकाे समीक्षा गर्न कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति

काठमाडाैँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले स्थानीय तह निर्वाचन- २०७९ काे समीक्षा गर्न बैठक बाेलाइएकाे जानकारी दिए । बैठक असार २७ गते साेमवारका लागि बाेलाइएकाे उनले बताए । बैठक पार्टी कार्यालय बीपी स्मृति भवन सानेपामा बस्नेछ ।   

पुरा पढ्नुहॊस »

सरकारले आयल निगम व्यापारीलाई दिन लाग्याे : रामचन्द्र पाैडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारकाे कडा आलोचना गरेका छन् । संसद सेवा दिवसका अवसरमा काठमाडौँमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सरकारले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’ त्यस्तै, उनले सरकारले किसानलाई मल दिन नसकेको …

पुरा पढ्नुहॊस »

आधा जलिसकेको १४ वर्षे किशोरीको शव प्रहरीले लियो नियन्त्रणमा

काठमाडाैं । पर्साको बहुदरमाई नगरपालिका-७ बिश्रामपुरबाट घाटमा आधा जलाइसकेको एक १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले छपकैयास्थित आर्यघाटमा जलाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् । घटनाको सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरी बुधबार राति नै शव नियन्त्रणमा लिएको जनाइएको छ …

पुरा पढ्नुहॊस »

सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि

काठमाडौं । साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा …

पुरा पढ्नुहॊस »

विद्युतीय मतदान गर्ने भए साउनभित्र मेशिन देउ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको आयोगले आज जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति …

पुरा पढ्नुहॊस »

कांग्रेस उपसभापति गुरुङ ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना जोगिएको छ । ओखलढुङ्गाबाट काठमाडौँ फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो । गुरुङका अनुसार ओखलढुङ्गाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो । उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा …

पुरा पढ्नुहॊस »