Tag Archives: mainnews

फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको कार्यालयबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ नरोकिने विश्वास व्यक्त गरेका छन् । पाँच दिने जापान भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयक राष्ट्रपतिको गए पनि त्यहाँबाट छिट्टै प्रमाणीकरण हुने विश्वास व्यक्त गरे । ‘राष्ट्रपतिजीले रोक्नु हुन्न भन्ने मलाई लाग्छ,’ पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष दाहालले भने, ‘यद्यपि, …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : ८६८ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा चार सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा …

पुरा पढ्नुहॊस »

२०५७ अंकमा झर्‍यो नेप्से

काठमाडौं । तीव्र उतारचढावका बिच बुधबार सेयर बजार ५.११ अंकले घटेर बन्द भएको छ। आज बढेर २०७४.९२ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा ०.२५ प्रतिशतले घटेर २०५७.६८ बिन्दुमा पुगेर बन्द भएको छ। बुधबार कारोबारमा आएका २१८ वटा धितोपत्र तथा ऋणपत्रको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ …

पुरा पढ्नुहॊस »

बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्रीको चासो

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन् । उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिएका छन् । गृहमन्त्री खाणले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) …

पुरा पढ्नुहॊस »

‘कुख्यात’ मिटरब्याजी श्याम परदेशी दम्पतीविरुद्ध चार करोड बिगोदाबीसहित मुद्दा दायर

काठमाडौं – सर्लाहीका ‘कुख्यात’ मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । मुद्दामा उनकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण विभागले साहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका-२ स्थायी घर भएका शाहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रूपैयाँ …

पुरा पढ्नुहॊस »

बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । प्रहरीकाअनुसार सो कारखाना औद्योगिक क्षेत्रनजिकै छ । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको बालाजु प्रहरी वृत्तले जनाएको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकाका नदी किनारका बस्तीमा बाढी पस्यो

काठमाडाैँ । अविरल वर्षाले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् भने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको …

पुरा पढ्नुहॊस »

मिटरब्याजीका आरोपी चौधरी सर्लाही चलान

काठमाडाैँ । मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी) ले जनाएको हो । सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ । यही आरोपमा अनुसन्धानका लागि जिल्ला …

पुरा पढ्नुहॊस »

बुस्टर डोज : गम्भीर बिरामी र मृत्यु हुनबाट ८५ प्रतिशत सुरक्षा

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाबाट हुने गम्भीर बिरामी र मृत्यु कम गर्न खोप तथा बुस्टर मात्रा प्रकाभवकारी देखिएको बताएकाे  छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने मन्त्रालयको भनाइ छ …

पुरा पढ्नुहॊस »

मनोहरा वरपरका बस्तीमा बाढी पस्यो, दिउँसासम्मै सतर्कता आवश्यक

काठमाडाैँ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन । यस्तै प्रहरी प्रभाग काँडाघारीको भवन पनि डुबानमा परेको छ । कार्यालय भवनको एक …

पुरा पढ्नुहॊस »