बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो ।

प्रहरीकाअनुसार सो कारखाना औद्योगिक क्षेत्रनजिकै छ । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस